राजतीति

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान

शनिबार, मंसिर १५, २०८१

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बीआरआई० परियोजना स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नु भयाे, ‘नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ । बिआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा निर्णय गर्नुपर्छ ।’

 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्