बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
स्थानीय तह उपनिर्वाच २०८१

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी

आइतबार, मंसिर १६, २०८१

रुकुमपूर्व - रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष चुन्नका लागि मतदान जारी छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार २२वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

गत भदौ २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा गोपीमाया र वडा नम्बर दुईका अध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो । त्यसैले त्यहाँ उपनिर्वाचन भएको हो ।

२ नम्बर वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भइरहेको छ।

माओवादी केन्द्रको बलियो पकड भनिने पुथाउत्तरगंगामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । नेकपा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवार बनेकी छन् ।

नेकपा माओवादी केन्द्रले भने नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । नरपुरा बुढा दिवंगत उपाध्यक्ष भुपेन्द्रा बुढाकी दिदी हुन् । साभार :अनलाइन खबर

 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्