बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री ओली चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ जानुभएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो । भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो । त्यही क्रममा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्