बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेपाल प्रिमियर लिग

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँ गोर्खाजको लज्जास्पद हार

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं -  सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल मा लगातार दोस्रो जित निकालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो ।

जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५।५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो ।

काठमाडौँ गोर्खाजका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुमित महर्जनले १४, भीम सार्की र जेरार्ड  इरासमसले १०र१० रन बनाउनुभयो ।

काठमाडौँ गोर्खाजलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका स्पिनर नरेन साउदले एक्लै पाँच विकेट लिनुभयो । उहाँले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्खिएर पाँच विकेट लिनुभएको हो । अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाउनुभयो ।

बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो । दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रो जित हो ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्