Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

क्यानडाविरुद्ध  सिरिज जित्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदै नेपाली टोली

बिहीबार, माघ २५, २०८०

काठमाडौं - नेपाली क्रिकेट टोली घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रदै छ।

सिरिजको पहिलो खेल आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुमा सुरु हुनेछ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताउनु भएको छ ।

मुख्य प्रशिक्षक देसाईले यो सिरिज लिग टु अघि अभ्यासको राम्रो अवसर भएको बताउनु भयो। उहाँले यो सिरिजमा युवा खेलाडीलाई अवसर दिने भन्दै क्यानडालाई कमजोर भने आकलन नगरेको बताउनु भयो।

पछिल्लो समय क्यानडाले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ। नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएर क्यानडाको मुख्य प्रशिक्षक बन्नु भयो। उहाँ पूर्व प्रशिक्षकविरुद्ध नेपाली टोली मैदानमा उत्रिन लागेको हो।

क्यानडाले आईसीसी टी–२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।

नेपाल र क्यानडाबीचको ३ खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा हुने छ।  क्यानडाविरुद्ध बायाँ हाते फास्ट बलर रजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा बोलाइएको छ। रजन लिग टु खेल्ने टोलीमा समेत छन्।

नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३ औं प्रतिद्धन्दी हो। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
समाचार