राजनीति

दमक व्यापारिक कम्प्लेक्स विकासको नमुना हो : प्रधानमन्त्री ओली

आइतबार, मंसिर २३, २०८१

झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको  दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ।

भव्य जनसहभागितामा सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताउनुभयो।

विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो।

उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताउनुभयो।

कार्यक्रममा चीन भ्रमण देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि  प्रधानमन्त्रीले अवगत गराउनुभयो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्