रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायो

सोमबार, मंसिर २४, २०८१

काठमाडौं - थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट विरगञ्ज पुर्‍याएको छ । सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भएकाले लामिछानेलाई आज पर्साको विरगञ्ज पुर्‍याइएको जानकारी दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ ।

गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवन र रुपन्देहीसमेत लगेर बयान लिइसकेको छ । हिजो जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न छैटौं पटक म्याद थप गरेको छ ।

लामिछानेलाई गैरकानूनी हिरासतमा राखेको, रातिको १२ बजे चितवनबाट पोखरा पुर्‍याएको, आफन्त भेट गर्न नदिएको, बिरामी हुँदा अस्पताल जान नदिएको लगायतका अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी पनि दिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
समाचार