बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेपाल प्रिमियर लिग

लुम्बिनी लायन्सले दियो चितवन राइनोजलाई १६८ रनको लक्ष्य

मंगलबार, मंसिर २५, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजसामु १६८ रनको लक्ष्य दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको छ ।

लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानमा रहेको छ भने चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । यस्तै, चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोरेको चितवन चौथो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्