बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
राजनीति

एकीकृत समाजवादी आगामी निर्वाचनमा एक्लै लड्ने

मंगलबार, पुस २, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको छ ।

यसका लागि जनतामा जाने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिनुभयो।

बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिनुभयो ।

बैठकले पार्टीलाई जनतासँग जोड्न जनसंघर्ष अभियान चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताउनुभयो ।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ ।

कार्यविभाजनका सन्दर्भमा आएका सुझावलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताउनुभयो ।

खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउन छलफल भइरहेको बताउनुभयो । यसमा गौतम पनि सकारात्मक रहेको खतिवडाले बताउनुभयो ।

यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्