बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
यु–१९ महिला एसिया कप

यु–१९ महिला एसिया कप क्रिकेटमा भारतसँग अङ्क बाँडेको नेपाल सेमिफाइनलमा

मंगलबार, पुस २, २०८१

काठमाडौं -  मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ ।भारतसँग अङ्क बाँडेसँगै नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

भारत र नेपालको समान तीन तीन अङ्क भएपनि नेपाल उपविजेता बनेको हो । समूह चरणको दोस्रो खेलमा मङ्गलबार नेपालले भारतसँग अङ्क बाँडेको हो । खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अङ्क बाँडेका हुन् ।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो । नेपालले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा २५ रन बनाउनुभयो । एलिसा यादवले मात्र ९ बलमा २० रन जोड्नुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोरहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतका लागि परुनिका सिसोदियाले चार विकट लिँदा अनन्दिता किशोर र मिथिला विनोदले एक एक विकेट हात पार्नुभयो ।

९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा रहेको भारतले ३.१ ओभरमा बिना विकेट २८ रन बनाएको थियो । त्यही समयमा हावाहुलीले खेल सञ्चालन हुन नसकेपछि दुई देशले अङ्क बाँडेका हुन् ।

समूह चरणको पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्