नेपाल प्रिमियर लिग

चितवन राइनोजलाई हराउँदै २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा

बुधबार, पुस ३, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौँ - एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।

हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।

चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाउनुभयो । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र शरद भेषवाकरले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका जिसन मक्सुदले तीन विकेट लिनुभयो । जिसनले पूरा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर विकेट लिनुभएको हो । कप्तान सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा विपिन शर्माले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेल्नुभयो । कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाउनुभयो । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाउनुभयो ।

बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिनुभयो । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिनुभयो ।

लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

यसअघि लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो । बुधबार ९आज० नै पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ ।

 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्