नेपाल प्रिमियर लिग

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको शानदार जित

बुधबार, पुस ३, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौँ  -  नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको  शानदार जित हात पारेको छ। विनोद भण्डारी  र कप्तान दिपेन्द्रस्हि ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन्।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए।

 टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।

जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए।

सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन,  सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए।

जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम सोझै फाइनलमा पुगेको छ भने जनकपुर अब कर्णाली याक्ससँग पुन खेलेर फाइनल प्रवेशका लागि कसरत गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्