आजकाे दैनिक राशिफल

आज २०८१ साल पुस ४ गते बिहीबारको दैनिक राशिफल

राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शैक्षिक गतिविधि ठिकै रहला । सन्तान पक्ष बाट साथ र सहयोग  मिल्नेछ । सन्तानका लागि केहि धन राशि खर्च गर्ने बेला छ । गीत,संगितमा रुचि बढनेछ । बौद्धिकतामा सफलता रहनेछ । आफनो प्रतिभाले अरुलाई प्रभाव पार्न सकिनेछ । अग्रज व्यक्तिको साथ र सहयोग मिल्नुका साथै भेटघाट होला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सामाजिक कार्यमा सफलता रहनेछ । कृषि,जग्गा जमिन बाट प्रशस्त्र आम्दानी रहनेछ । अनाबश्यक दौडधुप गर्नुपर्नेछ । घर बाहिरका कार्य बाट सफलता रहनेछ । हतारले कार्यमा वाधा उत्पन्न हुनेछ  । प्रयास बाट नयाँ अवसरको सिर्जना रहला । तपाईको व्यवहारले अरुको विश्वास जित्न सकिनेछ  ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक लगानीयुक्त समय रहेको छ । पारिवारीक असझदारी बढने देखिन्छ । आफन्तको साथ र सहयोगमा समस्या रहनेछ । समयले फरक स्थिति सिर्जना गर्नेछ । राज्य पक्ष बाट समस्या आउला । तपाईको अनाबश्यक कुरा काटनेहरु हुनेछ । आफनै कार्यमा लाग्दा सफलता रहला ।समय  सँग सम्झौता गर्नुपर्नेछ । परिश्रम बाट फाईदा नै रहला । कृषि,पशुपालन बाट फाईदा नै रहला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मा बिश्वास र उत्साह मिल्नेछ । व्यापार व्यवसायमा तपाईको बोलीको प्रभाव पर्नेछ । व्यस्तता बढनेछ । प्रयास र मेहनत बाट सफलतामा पुगिनेछ । आफन्तको साथ र सहयोग प्राप्त रहनेछ । बिगतको कार्य बाट आर्थिक लाभ मिल्नेछ । थाति रहेका कामहरु बन्नेछन । पठन पाठनमा प्रगति रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नबिन कार्यको थालनी हुनेछ । विगतका असफलता लाई सुधार गर्ने मौका आउनेछ । आर्थिक लाभ रहनेछ । हाँस खेल मनोरन्जनमा समय बित्नेछ । विलासिताका सामाग्री खरिद होला । तपाई लाई आफन्तले साथ सहयोग तथा संघर्षशील बनाउनेछन । रमाईलोमय दिन छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयास बाट बाहिरी कार्यबाट लाभ उठाउन सकिनेछ । धैर्यता बाट कार्यमा सफलता रहनेछ । खर्च अधिक रहला । अनाबश्यक खर्च बाट बच्नु होला । भोगविलासका सामाग्री  जोडने समय छ । आर्थिक लगानी बढनेछ । समस्याहरु लाई समाधान गदै अगाडि बढने समय छ । आफन्तमा केहि असझदारी बढनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पुखौलि सम्पत्तिको प्रयोग बाट फाईदा रहनेछ । व्यावसायिक कार्यमा सफलता लिन सकिनेछ । आम्दानीको श्रोत बढनेछ । सामाजिक कार्य बाट सफलता रहनेछ । धार्मिक तथा अध्यामिक क्षेत्रमा समय दिनु पर्ने छ ।
धेरै पहिले रोकिएको काम बन्ने देखिन्छ । पारिवारीक आवश्यकताको सामाग्री खरिद गर्नुपर्ने देखिन्छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
सामाजिक कार्यमा सफलता रहनेछ । अवसर लिने बाट बच्नु होला । माता पिताको सल्लाह अनुसार अगाडि बढनु होला । व्यापारमा ठिकै रहला ।
कुनै पनि काममा हात हाल्नु भन्दा पहिले  सोच बिचार गरेर अगाडि बढनु होला । आन्तरिक योजना गोप्य  राखेर अगाडि बढनु होला । बोल्दा बिचार गरि बोल्नु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

आफन्तको साथ र सहयोग बाट कामहरु बन्नेछन । समस्याहरु हल हुदै जानेछन । नसोचेको कार्यबाट फाईदा लिन सकिनेछ । सामाजिक गतिबिधिमा सहभागि हुने समय छ ।  आफन्त सग भेटघाट हुनेछ । उत्साहमय समय देखिन्छ । तपाईलाई धेरैले कामको प्रशंसा गर्नेछन । आफन्त सँग भेटघाट हुनेछ  ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सहयोगि बाट कार्यमा साथ मिल्नेछ । कार्यमा संघर्ष बढि भए पनि सफलता भने अबश्य मिल्नेछ । केहि आर्थिक लाभ रहनेछ  । बिगतमा रोकिएका कामहरु बन्नेछन । केहि घराँयसि समस्या आउला । स्वास्थ्यमा हल्का समस्या रहनेछ । कार्यमा समस्याले केहि बाधा दिनेछ । आन्तरिक कुरा पत्ता लाग्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको कार्यशैलीमा परिवर्तन आउनेछ । प्रेमिप्रमिका बिच सम्वन्ध  बढनेछ । व्यावसायमा लाभ लिन सकिनेछ । पराक्रममा बृद्धि रहनेछ । तार्किक क्षमता बढनेछ । अध्ययनमा ठिकै छ । बिभिन्न भौतिक सामाग्री खरिद गर्ने समय रहेको छ । आयआर्जनमा वृद्धि रहनेछ  । दाम्पत्य जीवन सवल रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफना  योजना गोप्य राखेर अगाडि बढनु होला । तपाईको काममा अरुले अधिकार जमाउने देखिन्छ  । दैनिक कार्यमा ठिकै रहनेछ । सामाजिक कार्यमा समय दिनु पर्नेछ । अनाबश्यक दौडधुप बढनेछ । आर्थिक गतिबिधिमा सावधानी अपनाउनु पर्ला । केहि सामान हराउनेछ । अरुले आरोप लगाउने छन ।

 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्