बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेपाल प्रिमियर लिग

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

बिहीबार, पुस ४, २०८१

काठमाडौं - नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

यससँगै जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमविरुद्ध भिडन्त पक्का गरेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर प्रतिस्पर्धा गर्नेछन् ।

टस जितेर ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले संघर्षपूर्ण जित निकालेको हो । ब्याटिङ नचल्दा कर्णालीको एनपीएल यात्रा पनि टुंगिएको छ ।

जनकपुरका ओपनरसहित सुरुवाती क्रममा ब्याटर सस्तैमा आउट भए । १० ओभरमा खेल पुग्दा जनकपुरले ४ विकेट गुमाउँदै ४१ रनको नाजुक अवस्थामा थियो ।

जेम्स नीशमले जनकपुरकलाई उकासे । उनले १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४५ रन जोडे । जनकपुरबाट सबैभन्दा बढी रन बनाउने उनै हुन् ।

जनकपुरलाई फाइनलमा पुर्‍याउन हर्श थाकरले १७, शेर मल्लले १६ मायन, यादवले १४ र आकाश त्रिपाठीले १३ रन जोडे ।

ओपनरद्वय आशिफ शेख र सुवास कंशाकारसहित अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । उनले जनकपुरका ओपनर सुवास कंशाकार, जेम्स नीशम र महोम्मद मोसिनको विकेट लिएका हुन् । सोमपाल कामी, विलियम बिसिस्टो, जिसान मकसूदले समान १–१ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्