क्यानडामाथि नेपालको रोमाञ्चक जित

बिहीबार, माघ २५, २०८०

 काठमाडौं - काठमाडौं एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ।   कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो। 

२२४ रन बनाउने क्रममा नेपालले ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए।  त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४  बनाए।

ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे।  यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्।   नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्