कोशी प्रदेशमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता जारी

बिहीबार, माघ २५, २०८०

विराटनगर - कोशी प्रदेश सरकार र पहिचानवादी आन्दोलनरत पक्षको वार्ता सुरु भएको छ। विराटनगरस्थित बिग होटेलमा करिब ४ बजेबाट वार्ता सुरु भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

वार्ताका लागि साढे तिनको समय तोकिएको भए पनि आन्दोलन पक्षका प्रतिनिधि आउन ढिलाइ भएकाले  निर्धारित समयभन्दा केही ढिलो वार्ता सुरु भएको हो।

त्यस्तैगरी ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्