बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा

बुधबार, पुस १०, २०८१

काठमाडौं - आउने जनवरीमा मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली खेलाडीको टोली बन्द प्रशिक्षणका लागि चितवन गएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली चितवन गएको हो ।

चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार आजदेखि बन्द प्रशिक्षण शुरू हुँदैछ । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने छन् ।

बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्