Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेपाली कांग्रेस एक्लै चुनाव लड्ने कोइरालाको दावी

आइतबार, पुस १४, २०८१

धनुषा - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने दावी गर्नुभएको छ।

कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उहाँले बतादावी गर्नुभयो। जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताउनुभयो।

दुईरदुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उहाँले स्विकार गर्नुभयो।

संविधानमा रहेका त्रुटि परिवर्तन गर्न सरकार अविलम्ब अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो। पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिनुभयो।

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
समाचार