साउदीमा दाङका एक युवकको सुतेकै अवस्थामा मृत्यु

शुक्रबार, पुस १९, २०८१

साउदी रियाद  -  वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका-६ थप गाउँका निवासी ३८ वर्षीय अर्जुन सार्की रहेका छन । उनको बुधबार राती सुतेकै अवस्थामा मृत्यु भएको मृतकका साथी अजय खनालले जानकारी दिएका छन ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

अर्जुन ३८ महिना अगाडि काठमाडौं स्थित MONTEJ मेनपावरमार्फत साउदी अरब गएका थिए । उनी त्यहाँको लोजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए। अर्जुनले कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेका उनलाई बिहीबार बिहान साथीहरूले मृत अवस्थामा फेला पारेका थिए।

मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन साउदी स्थित नेपाली दूतावास, संघ संस्था, र नेपाल सरकारसँग आग्रह गरेका छन्। मृतक अर्जुनको घरमा आमा, श्रीमती र दुई सन्तान छन्।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
समाचार