सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
क्वालालम्पुर (मलेसिया) - नेपालीको लागि विगत लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी अन्ततः खुला भएको छ । मलेसियामा अहिले सेवा क्षेत्र “सर्भिस सेक्टर” , कृषि “एग्रिकल्चर”, वृक्षारोपण “प्लांटेशन” र निर्माण क्षेत्र “कन्स्ट्रक्सन” गरि ४ वटा क्षेत्रमा नेपालीको लागि रोजगारी खुलेको नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव एवं प्रशासन प्रमुख बलिराम प्रसाद धामीले जानकारी दिनुभयो ।
सचिव धामीका अनुसार मलेसियामा सेवा क्षेत्र “सर्भिस सेक्टर” अन्तर्गतका उप-क्षेत्रहरु “सव-सेक्टर” सुरक्षागार्ड , थोक तथा खुद्रा किराना पसलको काम , कपाल काट्ने बार्बरको काम , गोदाममा समान भण्डारणको काम , सुनचाँदी बनाउने काम , कपडा सिलाइँ उत्पादनको काम , पर्यटन क्षेत्रको काममा नेपालीको लागी रोजगारी खुला भएको हो । त्यस्तै एग्रिकल्चर “कृषि” अन्तर्गत उप-क्षेत्र “सव-सेक्टर” हरु माछा पालन , कृषि काममा रोजगारी खुला गरिएको हो ।
त्यस्तै नेपालीको लागि केही महिना पहिलेदेखिनै खुला रहेको वृक्षारोपण “प्लांटेशन” र निर्माण क्षेत्र “कन्स्ट्रक्सन”को क्षेत्रमा पनि आवश्यकता अनुसार नेपाली कामदार भर्ना प्रक्रिया अहिले पनि खुलानै रहेको सचिव धामीले बताउनुभयो । मलेसिया सरकारले अहिले यि विभिन्न क्षेत्रमा बजारमा देखिएको आवश्यकता र माग अनुसार नेपाली कामदार भर्ना प्रक्रिया कोटा खुला गरेको हो ।
अब नेपालबाट नेपाली हरु मलेसियामा सेवा क्षेत्र र कृषि क्षेत्रमा काम गर्न आउन पाउनेछ्न । दूतावासले मागप्रत्र प्रमाणीकरणको काम पनि सुरु गरिसकेको छ ।रोजगारीको सिलसिलामा मलेसियामा अहिले पनि करिबकरिब ४ लाखको हाराहारीमा नेपालीहरु विभिन्न क्षेत्रमा काम गर्दै आएका छ्न ।