Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रोल्पा समाज जापानको अध्यक्षमा गुरुप्रसाद राना मगर दोस्रो कार्यकालका लागि निर्वाचित

आइतबार, चैत ८, २०८२

७ चैत हाेलेरी-रोल्पा समाज जापानको अध्यक्षमा गुरु प्रसाद राना मगर दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ।उहाँ सर्वसहमतिमा दोस्रो पटक अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो। रानाकाे जन्म घर रुन्टिगढी गाउँपालिका १ दाङचाेत रोल्पामा पर्दछ ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

रोल्पा समाज जापानले  शनिबार सम्पन्न भएको चौंथो अधीवेशन मार्फत आगामी २०२६~२०२८ का लागि गुरुप्रसाद राना मगरको अध्यक्षतामा ३१ नयाँ कार्यसमिति गठन गरिएकाे छ । जसमा अध्यक्ष पदमा गुरुप्रसाद राना मगर त्यस्तै वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर घर्ति मगर, उपाध्यक्षहरुमा राजेन्द्र झाक्रि मगर, क्षितिज रोका मगर, रिदम रोका मगर, सुजन बुढा मगर यस्तै महिला उपाध्यक्षमा कुसुम बुढा मगर चयन हुनु भएको छ।  महासचिव पदमा रुपचन्द्र के.सी. सचिवमा गौतम के.सी. निर्वाचीत हुनु भएको छ।  कोषाध्यक्षमा योगेश भारती चयन हुदाँ सह-कोषाध्यक्षहरुमा अञ्जु बुढा मगर र रामसिङ रोका मगर निर्वाचित हुनु भएको छ।

समाजको प्रवक्तामा प्रगती बुढा मगर , खेलकुद संयोजकमा हिमाल पुन मगर निर्वाचीत हुनुभयो, सांस्कृतिक संयोजकमा बिमल पुन मगर चयन हुनु भएको छ। त्यस्तै उता सेन्दाई क्षेत्रिय संयोजकमा भने खीम पुन मगर निर्वाचीत हुनु भएको छ।नयाँ कार्यसमितिको सदस्यहरुमा निशा बुढा मगर, देबेन्द्र पुन मगर, कुलराज घर्ति मगर, विनोद पुन मगर, हिमाल बुढा मगर, सन्जय घर्ति मगर , करुणा घर्ति मगर, रमिता झाक्री मगर, सरिता घर्ति मगर, दीपक डाँगी, अनिल कुमार वली, इन्द्रजीत वली, दिनेश पुन मगर, दीपेन्द्र वली, विजय वली निर्वाचीत भएका छन्।समाजकाे संरक्षकमा प्रेम प्रकाश रोका मगरलाई चयन गरेको छ।समाजले राखेको सात सदस्यी सल्लाहकारहरूमा तारा प्रकाश बुढा मगर,दया प्रसाद बुढा मगर, कृष्ण ब. रोका मगर, मिन के.सी.,रबी पुन मगर, लक्षिन पुन मगर, बासु घर्ति मगर रहेका छन्।

 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
समाचार