बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कांग्रेसले चैत मसान्तभित्रै सदस्यता नवीकरण गरिसक्ने

शुक्रबार, पुस १९, २०८१

काठमाडौ - नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बैठकले बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको हो ।

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहने गरी क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले तालिका बनाएरै चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको नेतृ गुरुङले जानकारी दिइन् ।

‘नवीकरणका लागि कार्यतालिका नै बनाएर पठाउँछौँ । वडाले कहिले सक्ने, पालिकाले, प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला हुँदै केन्द्रमा कति गते आइपुग्ने भनेर कार्यतालिका नै आउँछ,’ उहाँले भनिन् ।

गुरुङले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न अध्ययन गरी आवश्यक निर्णय लिने निर्णय गरिएको पनि जानकारी दिइन् ।

‘नयाँ सदस्यता वितरणका लागि अध्ययन गर्छौं, जातीय, लैंगिक, भूगोल क्लस्टरअनुसार कस्तो छ त्यसको अध्ययन गरेर नयाँ मापदण्ड बनाउने निर्णय भएको छ,’ उहाँले भनिन् ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य रसायलीले डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र क्रियाशील सदस्यताको कार्ड पठाउने निर्णय पनि भएको जानकारी दिए । उनले समितिको अर्को बैठक पुस २६ गते फेरि बस्ने बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्