बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सभापति देउवासहित कोइराला र भण्डारीले पर्वतमा एकसाथ सम्बोधन गर्नुहँदै

आइतबार, माघ ७, २०८०

पर्वत - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वतमा एकै मञ्चमा सम्बोधन गर्न लागेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताउनु भयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सोमबार बिहान ११ बजेदेखि पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्न लाग्नु भएको हो।

कार्यक्रमको तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनाएर काम गरिएको र सबै तयारीहरू पूरा भएका सचिव गुप्तनीधि शर्माले बताए। सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन्।

सचिव शर्माका अनुसार बन्द सत्रमा जिल्ला सभापति युवराज जोशीले राजनैतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गर्ने छन्। यस बाहेक वार्षिक समीक्षा र वार्षिक कार्ययोजना उपर  छलफल गरी पार्टीको अवस्थालाई थप चलायमान बनाउने गरी सम्मेलनले योजना तय गर्ने छ।

विभिन्न राजनीतिक दलहरूप्रति देखिएको विकृति, युवाहरूको निराशा, जनतामा रहेको विकासको आकंक्षा र कांग्रेस पार्टीमा देखिएका कमजोरी केलाउने अवसरको रूपमा जिल्ला सम्मेलनलाई उपयोग गर्ने पर्वत कांग्रेसको तयारी छ। यो सम्मेलनले नेपाली कांग्रेस पर्वतलाई एक ढिक्का बनाउने र वैचारिक रूपमा कांग्रेसको सङ्गठन मजबुत बन्ने कांग्रेसका नेताहरूले बताउनु भयो

नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेका गुटहरूमध्ये दुई नेता देउवा र कोइराला नै एकै मञ्चमा उभिन लागेकाले पर्वत कांग्रेसलाई यसले हौसाएको छ। केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न गुट र उपगुटमा रहेको पर्वत कांग्रेसलाई एक गराउनको लागि पनि देउवा र कोइरालाको उपस्थितिले बल पुग्ने नेताहरूको विश्वास छ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्