नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

शुक्रबार, माघ ११, २०८१

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
समाचार