बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुग्छ : स्वास्थ्यमन्त्री पौडेल

मंगलबार, माघ १५, २०८१

तनहुँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बिमाको रकम पाँच गुणा वृद्धि गर्ने  बताउनुभएको छ। जनता उपचार खर्च नभएर अकालमै मर्न नपरोस् भनेर सरकार गम्भीर भएको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य एक लाख बढाएर पाँच लाख पुर्‍याउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगैंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा आयोजित ५५औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री पौडेले बिमाले बिरामीको आवश्यकता अनुसार उपचार गराउन नसक्ने हो भने नेपालमा समाजवाद ल्याउन नसकिने बताउनुभयो।

मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ।  मन्त्री पौडेलले स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुने गरी काम गरिरहेको दाबी गर्नुभयो भन्नुभयो। सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी सरकारले काम गरेको उहाँको भनाइ छ। नेपालको संविधानमा स्वास्थ्य नागरिकको अधिकारको रुपमा उल्लेख गरेकाले कार्यान्वयन गर्नुपर्ने मन्त्री पौडेल भनाइ छ।

शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउन पूर्वाधार र उपकरण सहयोग गर्न मित्र राष्ट्र भारतसँग सहमतिको प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो।

मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो।  

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जीतप्रकाश आलेले सामुदायिक विद्यालयले पनि शैक्षिक क्षेत्रमा उलेखनीय उपलब्धि हासिल गर्न सक्छ भन्ने छाप पञ्चमुनिदेव माध्यमिक विद्यालयले छाडेको बताए। शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विद्यार्थीले पढाइसँगै व्यवहारिक सिप सिक्न पनि तयार हुनुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्