बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभाको बैठकलाई सोमवार बिशेष सम्वोधन गर्नुहुने

आइतबार, फागुन ४, २०८१

दाङ ,४ फागुन – लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्नुहुने भएको छ । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रधानमन्त्रीको आगमन र सम्वोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरि बैठक बस्ने कार्यसूची तयार भएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्