बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलबमा वृद्धि

बुधबार, फागुन ७, २०८१

क्वालालम्पुर :  मलेसिया सरकारले कामदारको न्यूनतम तलब वृद्धि गरेको छ । अर्थमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले शुक्रबार २०२५ को बजेट भाषणमामार्फत कामदारको न्यूनतम तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यस्तैगरी बजेट भाषणमा बोल्दै प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले बढेको तलव पाँचभन्दा बढि कामदार भएका कम्पनीमा काम गर्ने कामदारको हकमा आगामी फेब्रुअरी १ तारिकदेखि नै लागू हुने र पाँच जनाभन्दा कम कामदार भएका कम्पनीहरुमा वृद्धि गरिएको तलब आगामी वर्ष २०२५ अगस्ट १ देखि लागू हुने बताए ।

मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको शुरुवाती तलब भने करिब २३०० रिङ्गेट छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्