Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव

महाशिवरात्रीको अवसरमा जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव हुने

बुधबार, फागुन ७, २०८१

देउखुरी - महाशिवरात्रीको अवसरमा लमहीमा रहेको जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव हुने भएको छ। जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतक महोत्सव गर्न लागिएको हो।

ताल तलैयाको संरक्षण गरौँ, पर्या पर्यटनमा टेवा पु¥याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन १४ गतेदेखि १७ गतेसम्म जखेरा ताल प्रङ्गणमा सांस्कृतिक महोत्सव हुने आयोजक समितिले जानकारी दिएकाे छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार चक्र बम, अनु चौधरी, प्रिति पासवान, सिमरन परियार, नरेश जोगी, सोनु कुश्मी, अनुप बुढा मगर, निशु सेरपाइली, दिपक बर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै मन्दिर परिसरमा पूजाका लागि समेत व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
समाचार