बिष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक, यस्तो छ ‘पुतलीको भट्टी–२२’को कथा

बुधबार, भदौ १७, २०८३

दाङ,१७ भदाै - लोकप्रिय गायिका बिष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गत प्रस्तुत गरिएको छ।

‘मायाको सानो दरबार, मायाको सानो दरबार, आमा अब त मलाई नसोध न कस्तो छ भनेर, यस्तै छ आमै घरबार...’ जस्ता भावपूर्ण शब्दमार्फत गीतले वैवाहिक जीवन, घरपरिवार र महिलाले भोग्ने सुख–दुःखलाई प्रस्तुत गरेको छ।

गीतमा बिष्णु माझीको स्वर रहेको छ भने रचना तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ। गीतको एरेन्ज याम थापा मगरले गरेका छन्। रेकर्डिङ शिशिर परियारले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेतसयलीले गरेका छन्।

गीतमा सारंगीमा धर्म गन्धर्व, बाँसुरीमा गोपाल देव घतानी, सहनाईमा शिशिर परियार, मादलमा खड्का बुढा र मदन रेग्मी तथा ढोलक, तबला र धिमेमा भुवन गन्धर्वले साथ दिएका छन्। गीतको स्टुडियो राग रेकर्ड्स रहेको छ।


त्यस्तैगरी ‘घरबार’को भिडियोमा ललिता पौडेल मुख्य कलाकारका रूपमा देखिएकी छन्। भिडियोमा बाल कलाकार परिसा कडेल तथा अतिथि कलाकार महिमा आचार्य र जियाना चार्यको समेत अभिनय रहेको छ। भने भिडियोको छायांकन शम्भु चालिसेले गरेका छन् भने ड्रोनबाट विवेक वि.क.ले दृश्य कैद गरेका छन्। भिडियोको सम्पादन तथा कलर मनोज कार्कीले गरेका हुन्।

भिडियो छाँयाकङक व्यवस्थापन टिमको नेतृत्व मिलन कटवालले गरेका छन् भने कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। मेकअपमा सक्षम पुडासैनी र सोनिका गजमेर रहेका छन्।

‘घरबार’को निर्देशन तथा निर्माण सुन्दरमणि अधिकारीले गरेका हुन्। गीतको पोस्ट प्रोडक्सन तथा बजार व्यवस्थापन सपना म्युजिक इन्डस्ट्रिज प्रा.लि.ले गरेको छ।

बिष्णु माझीका तीज गीतहरूमा नेपाली समाज, महिला जीवन, पारिवारिक सम्बन्ध र घरायसी परिवेशका कथाहरूलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिँदै आएको पाइन्छ। ‘घरबार’ पनि सोही भावनात्मक धारमा तयार गरिएको गीतका रूपमा प्रस्तुत गरिएको छ।

यस्ताे छ गीतकाे भिडियाे :

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
समाचार