Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

घोराही माघे महोत्सवमा एलिना र रचनाले तताए घोराही महोत्सव, भोलि शान्ति श्री परियार आउने

मंगलबार, पुस २९, २०८२

घोराही,२९ पुष - दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को पाँचौँ दिन चर्चित गायिका एलिना चौहान र रचना रिमालले भरपुर मनोरञ्जन प्रदान गर्दै महोत्सवस्थललाई गुञ्जायमान बनाएका छन् । उनीहरूको दमदार प्रस्तुतिले दङाली दर्शकको मन जितेको छ ।

सबैको रोजाइमा परेकी एलिना चौहानले धोकेवाज हौ तिमी, चिसो पानी, कट्टा हान्दिन्छु, कता हिँडेको, छुट्यो प्रेम, मेरो दुश्मनलगायतका चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाइन् ।  एलिनाको ऊर्जा र दर्शकसँगको आत्मीय संवादले माहोल थप उत्साहपूर्ण बनेको थियो ।615433731_1475036844630378_8658805998047393639_n-1768315588.jpg

त्यसैगरी गायिका रचना रिमालको प्रस्तुति सुरु भएसँगै दर्शक नाच्न थाले । साँझ परिसकेको पत्तै नपाई दर्शकहरू उनको गीतमा रमाएका थिए । उनले टन्न पैँसा, फिटो फिरिमा, सुन न प्यारी, सुटुक्क–सुटुक्क, मिनरल वाटर, पानी छम्किने जस्ता हिट गीतमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिइन् ।615417390_1475036641297065_317397229752267572_n-1768315631.jpg

कार्यक्रममा गायक सन्दिप सेन्चुरीले सुन्तली बबई तरेर, स्याउली बजार र दर्याम–दर्याम गीत प्रस्तुत गर्दै दर्शकको मन जिते । गायिका विश्नु सुनारले भैंसी गोठैमा र दाङमा घोराही छ गीत प्रस्तुत गरिन् । डान्सर खिमाबुढा मगरको आकर्षक नृत्यले दर्शक हुरुक्क बने भने सोनी ग्रुपको नृत्य प्रस्तुतिलाई पनि दर्शकले रुचाएका थिए ।
दोहोरी प्रतियोगितातर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘ए’ र दोहोरी समूह हापुरे बीच भएको प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विजयी भएको छ ।

कार्यक्रमको उदघोषण गायक माधव जोन खत्री र गायिका उदघोषक रुपा घर्तीले संयुक्त रूपमा गरेका थिए ।महोत्सवका सांस्कृतिक संयोजक गोपाल बुढामगरका अनुसार महोत्सवको छैटौँ दिन भोलि चर्चित गायिका शान्ति श्री परियार र गायक हेमन्त शर्मालगायतका कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ । साभार जागरण अनलाइन

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
समाचार