बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आईसीसी च्याम्पियन्स ट्रफी २०२५

आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डको विजयी सुरुवात

बिहीबार, फागुन ८, २०८१

काठमाडौं - बुधबारदेखि पाकिस्तानमा सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले हराएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन बनाए । त्यस्तै सलमान आघाले ४२ रन बनाए ।

न्युजिल्याण्डका विलियम ओ’रोर्केले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । कप्तान मिचेल सान्टनरले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । म्याट हेनरीले २ तथा नेथन स्मिथले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले टम लेथम र विल योङको शतकमा ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनाएको थियो । ओपनर योङले १०७ तथा लेथमले अविजित ११८ रन बनाए ।

पाकिस्तानका लागि नसीम शाहले १० ओभरमा ६३ रन दिएर २ विकेट लिए । त्यस्तै हारिस राउफले १० ओभरमा ८३ रन खर्चेर २ विकेट लिए । अबरार अहमदले १ विकेट लिए।

योसँगै समूह ए मा न्युजिल्याण्डले २ अंक जोडेको छ । बिहीबार यसै समूहका भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्