घोराही महोत्सवमा फिस टनेल सुरु, आज शान्ती श्री परियारको प्रस्तुति

शनिबार, फागुन १०, २०८१

दाङ - दाङको घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ मा आज (सनिवार ) लोकप्रिय गायिका शान्ती श्री परियारको विशेष प्रस्तुति हुने भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पछिल्लो समय एकपछि अर्को हिट गीत बजारमा ल्याउँदै आएकी गायिका परियारको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो।

शान्ती श्री परियार नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन्। उनका "अरेली काडैले मलाई च्वास्सै च्वास्सै", "बोल माया", "गलबन्दी च्यातियो तिम्ले तानेर", "बस्यौ अलक्कै" लगायतका चर्चित गीतहरू रहेका छन्। आज परियारसँगै लोकप्रिय गायक हेमन्त शर्मा, रूचा मगर लगायतका कलाकारहरूको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोखरेलले जानकारी दिनु भएको छ।

दाङमै पहिलो पटक अन्डरवाटर फिस टनेल सुरु

यस महोत्सवमा आजदेखि अन्डरवाटर फिस टनेल सञ्चालनमा आएको छ। दाङ जिल्लामै पहिलो पटक प्रदर्शन गरिन लागेको यो टनेल नेपालमै चौथो पटक प्रयोगमा आउन लागेको हो।

आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अनुसार दर्शकहरूले टनेलभित्र गएर विभिन्न प्रकारका माछाहरू नजिकबाट अवलोकन गर्न सक्नेछन्। साथै, विभिन्न रङ र आकारका समुद्री माछाहरू पनि प्रदर्शनी हुने छ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्