बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

घोराही महोत्सव : धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार

सोमबार, फागुन १२, २०८१

दाङ, १२ फागुन - दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखी जारी महोत्सवमा जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा पर्यटन पवद्र्धनलाई प्राथमीकता दिदै जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको विभिन्न माध्यमबाट प्रचार प्रसार गरिएको महोत्सव आयोजक मुल समितिका संयोजक बसन्त जोशीले जानकारी दिनुभयो ।

महोत्सवमा दाङका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिएको छ । महोत्सवको मुख्य प्रवेशद्वारमै जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलहरुको पहिचान र महत्व झल्कने फ्लेक्सहरु राखिएको छ ।

धार्मीक स्थलहरु अम्बिकेश्वरी मन्दिर, बाह्रकुने ताल, जखेरा ताल, पाण्डवेश्वर मन्दिर, शहिद गेट, छिल्लीकोट, बंगलाचुली, पुरन्धारा छहरा, कोईलाबास नाका, गणेशपुर पार्कको चित्रहरु प्रदर्शनी गरिएको छ । यस्तै कृषी र पशुहरू पनि पर्दशनी गरिएकाे दाङ जिल्ला उद्याेग वाणिज्य संघ दाङका वरिष्ठ उपाध्यक्ष एवं महाेत्सवमा सह-संयाेजक नरेशकुमार श्रेष्ठसले जानकारी दिनुभयो । साथै महाेत्सवकाे मुख्य मञ्चबाट सांस्कृतिक कार्यक्रमकाे क्रममा पनि धार्मिक तथा पर्यटकिय स्थलहरूकाे प्रचारप्रसार गरिएकाे र महाेत्सव स्थलमा राखिएकाे डिजिटल बाेर्ड(एलईडी) मा पनि जिल्लाकाे धार्मिक तथा पर्यटकिय स्थलहरूकाे पर्दशन गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

महाेत्सवमा साेमवार लाेकप्रिय कलाकार रामचन्द्र काफ्लेकाे प्रस्तुति राखेका छन् । काफ्लेले म त कालिपारे, ड्राईभरमा माईलाे माेटर चलाउदै, आई लभ यू भन भन आई लभ यू, परिचय पाउन त नानीकाे, मात लाग्याे मात लाग्याे, फेवातालमा साईली, काला कुर्तैले लगायतका दर्जन बढि गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । साेमवार कलाकारहरू रिया घले, राेशन रत्गैया, जमुना पुन, चित्रा पुन लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे ।

लाेकदाेहाेरी, कविता तथा नृत्य प्रतियाेगिता जारी

महाेत्सवमा जारी लम्बिनी प्रदेश स्तरिय लाेकदाेहाेरी प्रतियाेगिताका राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङ बि बिजयी भएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङ बि र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान बर्दिया बिच भएकाे प्रतियाेगितामा दाङ बि बिजयी भएकाे हाे । यस्तै राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङ ए र नवलपरासी बिच भएकाे प्रतियाेगितामा अंकमा बराबर भएकाे छ । महाेत्सवमा विद्यालय स्तरिय कविता प्रतियाेगिता, विद्यालय स्तरिय लाेकनृत्य प्रतियाेगिता र खुल्ला नृत्य प्रतियाेगिता जारी रहेकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयाे ।

मंगलवार जीवन शर्मा र बुधवार पुस्कल शर्मा आउने

महाेत्सवमा मंगलवार जनवादी गायक जीवन शर्माकाे प्रस्तुति रहने छ । महाेत्सवकाे १२ औ दिन मंगलवार गायक जीवन शर्मासँगै अर्जुन सापकाेटा, मधु रसाईली, बिन्दा परियार, अस्मीता राना, दिला घरच्वार, शान्तराम सेञ्चुरीकाे प्रस्तुति रहने  छ । यस्तै बुधवार शिवरात्रीकाे दिन लाेकदाेहाेरी लाेकप्रिय गायक कुस्कल शर्माकाे प्रस्तुति रहने दाङ उद्याेग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथाेकीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्