तुलसीपुर महोत्सवमा : गायक बद्री पंगेनी र गायिका एन्जिला रेग्मीको प्रस्तुतिमा रमाए दर्शक

मंगलबार, फागुन १३, २०८१

दाङ, १३ फाल्गुन  - तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव २०८१ मा आज चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका एन्जिला रेग्मी, प्रीति गुरुङ, गीता सेन्चुरी, प्रकाश प्रिय कुसुम्या लगायतका कलाकारहरूले विशेष सांगीतिक कार्यक्रममार्फत दर्शकहरूलाई मन्त्रमुग्ध पारेका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

कार्यक्रममा लोकदोहोरीको सुरिलो धुन र आकर्षक नृत्यले माहोल गर्मायो। कलाकारहरूले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे। गायक बद्री पंगेनीको प्रस्तुतिले माहोललाई झनै उत्साहित बनायो भने गायिका एन्जिला रेग्मी, प्रीति गुरुङ, गीता सेन्चुरी र प्रकाश प्रिय कुसुम्याको प्रस्तुति पनि निकै लोभलाग्दो रह्यो।

यस सांगीतिक कार्यक्रममा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष गरी लोकदोहोरीप्रेमीहरूका लागि यो कार्यक्रम सम्झनलायक रह्यो।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य समेत प्रस्तुत गरिएको सांस्कृतिक संयोजक संन्तोष खड्काले जानकारी दिए । 

विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको आयोजक ऋषिराज भण्डारीले बताए । यसैगरी कार्यक्रम  उद्घोषणका रूपमा चर्चित कार्यक्रम उद्घोषीका एवं गायिका शोभा त्रिपाठी को उद्घोषण रहने छ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्