बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
‘दोस्रो तुलसीपुर महोत्सव’

आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै

बुधबार, फागुन १४, २०८१

दाङ, १४ फागुन - तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको पनि धमकेदार प्रस्तुति रहने भएको छ । 

यस्तैगरि गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ । 

जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिनुभयो । 
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुनेछ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ । 

महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्