घोराही महोत्सव

घोराही महोत्सवमा आज पुष्कल शर्मा र सत्यकला राईकाे प्रस्तुति

बुधबार, फागुन १४, २०८१

दाङ , १४ फागुन- दाङको घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ अन्तर्गत आज लोकदोहोरीका चर्चित गायक पुष्कल शर्मा र सुगम संगीतकी लोकप्रिय गायिका सत्यकला राईले प्रस्तुति दिने भएका छन्। महोत्सव आयोजक मूल समितिका संयोजक वसन्त जोशीका अनुसार यी दुवै कलाकारले दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

लोकदोहोरी क्षेत्रमा स्थापित नाम पुष्कल शर्माका थुप्रै लोकप्रिय गीतहरू छन्, जसले नेपाली संगीतप्रेमीहरूको मन जितेका छन्। सत्यकला राई पनि सुगम संगीतकी प्रिय गायिका हुन्।

यसैगरी, समीर आचार्य, सपना शाही, शशीकला राई, विमला खड्का, अञ्जु चौधरी, महेश केसी लगायतका कलाकारहरूले पनि आज आफ्नो प्रस्तुति दिने प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिनु भयो।

महोत्सव अवलोकन गर्नका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूका लागि परिचयपत्रको आधारमा ८० रुपैयाँ मात्र लाग्नेछ। त्यस्तै, अशक्त, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।I_mHdzJe-1740552010.jpg
कृषि, पर्यटन तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ४०० भन्दा बढी स्टलहरू रहेका छन्। महोत्सव अवधिभर करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ भने २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।

उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्