बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री कपमा कोशीमाथि आर्मीको शानदार जित, दासले ठोके शतक

शनिबार, चैत २, २०८१

दाङ - जारी प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस प्रधानमन्त्री कपमा बनेको यो दोस्रो शतक हो । यस अघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन  गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २-२ विकेट लिएका थिए ।

यो जितपछि आर्मीले लगातार चौथो जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै कोशी प्रदेशले भने आफ्नो लगातार चौथो हार बेहोरेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्