पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा

सोमबार, चैत ४, २०८१

हेटौंडा - पूर्वप्रधानमन्त्री  तथा नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार  गरेको हो ।

बमको पक्राउपछि अध्यक्ष प्रचण्डले समेत फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिनुभएकाे थियाे ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्