प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ तालिका

सोमबार, चैत ४, २०८१

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री के.पी. शर्मा ओलीले 'सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले 'सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जानकारी दिएकाे छ ।Parliament-Nepal-Ktm-1742172529.jpg
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
समाचार