प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

शुक्रबार, चैत २२, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच ुसाइडलाइनु भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ।

भेट अगाडि  बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्नुभयाे।

उहाँले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताउनुभयाे।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ। शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरूले सम्बोधन गर्नुभएकाे थियाे।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
समाचार