बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

चारदेशीय टी–२ सिरिजको नेपाल फाइनलमा

शनिबार, चैत ३०, २०८१

काठमाडौँ, चैत ३० गते - नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको  हङकङ तेस्रो स्थानमा रह्यो ।

फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्