बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं, ४ बैशाख - नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बितिक्कै सरकार नढल्ने स्पष्ट पारेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दावीको खण्डन गर्दै कांग्रेसले उनलाई जवाफ दिएको हो ।

‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठक पछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने,  ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

कांग्रेस र एमाले बिचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा आज सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।

प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्