प्रधानमन्त्री ओलीसँग भारतीय विधुत मन्त्रीको भेट

बुधबार, वैशाख १०, २०८२

काठमाडौं, १० वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गर्नु भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको हो ।

पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए भने उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले  प्रतिबद्दता जनाएका थिए ।

भेटका अवसरमानेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
समाचार