राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको बैठक बस्दै

बिहीबार, वैशाख ११, २०८२

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ ।

बैठकमा भोलिबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।

यस्तैगरी यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जानकारी दिएकाे छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
समाचार