सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
बर्दिवास ,८ वैशाख शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गर्यो ।
प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई "शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१" अन्तर्गत नगद रु १५,५५५ सहित सम्मान गरियो ।
कार्यक्रममा जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा दुई विशेष क्षमताका विद्यार्थीहरू गरिमा परियार र दिनेश महतोलाई जनही रु ५५५५ बराबरको छात्रवृत्ति प्रदान गरियो । साहित्यप्रेमी मिना देवकोटाद्वारा सुस्मिता कट्वाललाई रु २५५५ छात्रवृत्ति दिइएको थियो ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिन्धुली, रामेछाप, उदयपुरलगायत जिल्लाबाट आएका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा गीत, गजल र कविता वाचन गरिएको थियो ।
वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, डा. सुमन कर्माचार्य, बोध कुमार घिमिरे, डा. जो जोनसन, डा. जेनी हेरिङटन लगायतका स्रष्टाहरू थिए । सहभागी सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवि घिमिरेबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा शारदा थापा, विष्णु खड्का, लम्बोदर काफ्ले लगायतले सम्बोधन गर्दै साहित्यिक योगदानको उच्च प्रशंसा गरे ।
कार्यक्रमको संचालन नारद काफ्लेले तथा स्वागत मन्तव्य भीमकुमार राउतले दिएका थिए ।