Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

मातातीर्थ औसीमा प्रधानमन्त्री ओलीले सम्झिनु भयाे आमा

आइतबार, वैशाख १४, २०८२

काठमाडौं, १४ बैशाख - आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी ।

नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ ।

यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गर्नु भएकाे छ । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’

उहाँले लेख्नु भएकाे छ, ‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
समाचार