बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रेस चौतारी तुलसीपुरको अध्यक्षमा बसन्त परियार निर्वाचित

बिहीबार, वैशाख १८, २०८२

दाङ - प्रेस चौतारी नेपाल, तुलसीपुरको अध्यक्षमा पुनः बसन्त परियार निर्वाचित हुनुभएको छ । आज तुलसीपुरमा भएको नगर कमिटिको दोस्रो अधिवेसनबाट परियारको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रेम कुमारी मगर रहनुभएको छ । बसन्त परियार यसअघि पनी नगर कमिटिको अध्यक्ष हुनुहुन्थ्यो भने प्रेम कुमारी मगर उपाध्यक्ष नै हुनुहुन्थ्यो । अध्यक्ष र उपाध्यक्ष पुनः दोहोरिनुभएको हो । यस्तै सचिवमा कपिलमणी लामिछाने, सह–सचिवमा विस्मात केसी, कोषाध्यक्षमा भिम वली (एसवी), सदस्यहरुमा रोमा पुन, मनु डिसी, रोशन बोहरा, कुस्मा डाँगी र सबिता रोका चयन हुनुभएको छ । प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश आचार्यको प्रमुख आथित्यतामा अधिवेसन सम्पन्न भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय


सो अवसरमा बोल्दै प्रमुख अथिति आचार्यले नया कार्यसमितिलाई कुसलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । पत्रकारिता एक सम्मानित पेशा भएकाले यसको गरिमालाई बचाई राख्न विशेषगरी प्रेस चौतारीका सबै पत्रकारहरु सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको छ । गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर कमिटिका यसअघिका सचिव राजन लामिछानेले गर्नुभएको थियो ।।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्