बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आईपीएल : मुम्बई शीर्ष स्थानमा, राजस्थान प्लेअफबाट बाहिर

शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं, १९ बैशाख - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणका ५० खेल सकिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बिहीबार मुम्बईले लगातार छैटौं जित दर्ता गरेको छ । टोलीले राजस्थान रोयल्सलाई १०० रनले पराजित गरेको थियो । योसँगै आरआर प्लेअफको दौडबाट बाहिरिने दोस्रो टोली बनेको छ । उता मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।


जयपुरको सवाई मानसिंह स्टेडियममा सिजनको ११ औं खेल खेल्दै मुम्बईले २ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्स १६.१ ओभरमा ११७ रनमा अलआउट भयो।

राजस्थानले ११ खेलमा आठौं हार बेहोरेको छ । ३ जितबाट ६ अंक जोडेको टोली आठौं स्थानमा छ र प्लेअफको दौडबाट बाहिर छ । अब राजस्थानले बाँकी तीन खेल जितेर पनि १२ अंक मात्र पुर्‍याउने छ, जुन छनोटका लागि पर्याप्त छैन।


यो जितसँगै मुम्बईले प्लेअफमा पुग्ने बाटो बलियो बनाएको छ । टोलीले ११ खेलमा सातौं जित हात पारेको छ । टोली ४ हारसहित १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब टोलीले आफ्नो बलमा क्वालिफाई गर्न बाँकी ३ मध्ये २ खेल मात्र जित्नुपर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्