पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध छ :मन्त्री रेखा शर्मा

सोमबार, फागुन ७, २०८०
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै सङ्घर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तररअवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताउनु भयो ।

‘‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तररअवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । यसका लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।’’

मन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको बताउनु भयो । सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानबिनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेको एकवर्षको बिचमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो बनाइएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानबिनलाई सहयोग गर्न सरकार दृढतापूर्वक उभिएको छ । यसको नतिजा पनि प्राप्त हुने क्रममा रहेको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिलेका हाम्रा सरकारका स्वामित्वमा रहेका सञ्चार माध्यमहरू हिजोका निरङ्कुश सरकारका पालामा रहेका सञ्चार माध्यमजस्ता होइनन् । अहिलेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनसमक्ष पुर्‍याउने, जनताका आशा, अपेक्षा, गुनासालाई कलात्मक ढङ्गले सरकारको समक्ष पुर्‍याउने र त्यो कुरालाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सरकारी मिडियाहरूले गर्नुपर्छ ।’’

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्‍याउने र जनताको आशा, अपेक्षा र गुनासाहरूलाई सरकार समक्ष पुर्‍याउने कामका लागि सहजीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका सरकारी सञ्चार माध्यमहरू विगतका निरङ्कुश सरकारको पालामा रहेका जस्तो नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्