Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती केरा प्रवर्द्धन कृषक समूहको कार्यालय उद्घाटन तथा सामग्री हस्तान्तरण

शुक्रबार, वैशाख १९, २०८२

सिसहनियाँ, १८ वैशाख - दाङको राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनियाँमा स्थापना गरिएको राप्ती केरा प्रवर्द्धन कृषक समूहको कार्यालयकाे बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कार्यालयको उद्घाटन गर्नुका साथै समूहलाई आवश्यक कृषि सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले कृषि उत्पादनलाई व्यावसायिक र अर्गानिक बनाउँदै आर्थिक समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले समाजवादको यात्रा कृषि उत्पादन र आत्मनिर्भरतालाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।WhatsApp-Image-2025-05-01-at-8.34.10-PM-1746195292.jpeg
अध्यक्ष विष्टले रासायनिक मल र विषादीको सट्टा जैविक प्रविधिको प्रयोग गर्न कृषकहरूलाई सुझाव दिनुभयो। उहाँले केराको बोटबाट धागो उत्पादन गर्ने प्रविधिमा पालिकाले योजना बनाइरहेको जानकारी दिंदै त्यसले उत्पादन नाफामूलक बन्ने विश्वास व्यक्त गर्नुभयो।

"राप्ती गाउँपालिका केराको हब बन्न सक्ने अपार सम्भावना बोकेको क्षेत्र हो," अध्यक्ष बिष्टले भन्नुभयो, "उत्पादन लागत कम गर्न आवश्यक प्राविधिक तथा भौतिक सहयोग पालिकाले प्रदान गर्छ, साथै थप स्रोत सुनिश्चित गर्न प्रदेश तथा संघ सरकारसँग समेत समन्वय गरिनेछ।"

त्यस्तै कार्यक्रममा समूहका अध्यक्ष रणप्रसाद सुवेदीले समूहको गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र दीगो बनाउनका लागि कार्यालय स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष सिताराम चौधरी, पूर्व वडाध्यक्ष एवं कृषक समूहका सल्लाहकार विद्याशरण चौधरी, राप्ती चेम्बर अफ कमर्सका उपाध्यक्ष शेषकान्त आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण समूहका सल्लाहकार तीर्थराज ज्ञवालीले गर्नुभएको थियो।

साे अवसरमा राप्ती गाउँपालिकाका पशु शाखा प्रमुख दामोदर आचार्य र कृषि शाखा प्रमुख बरसाती गडरियाले समूहका सदस्यहरूलाई कृषि तथा पशुपालनसम्बन्धी जानकारी र सचेतना प्रदान गर्नुभएको थियो।WhatsApp-Image-2025-05-01-at-8.34.11-PM-1746195525.jpeg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
समाचार